歌词
अँध्यारो यो दिन, अँध्यारो यो रात
एउटै लाग्छ किन हो आज?
बन्द कोठामा आफूसँगै
नभुलेको कुरा गर्छु म आज
थाकेछु तर निन्द्रा आउँदैन
उदासिन्छु किन, थाहा हुँदैन
कहीँ कतै हराए नि हुन्थ्यो
कहीँ कतै बिलाए हुन्थ्यो
कहीँ कतै हराए नि हुन्थ्यो
कहीँ कतै बिलाए हुन्थ्यो
खुशीमा बसेको हुँदा, कहिलेकाहीँ गीत कोर्दा
सास अड्केझैँ किन लाग्दछ?
किन हो ससाना कुरालाई धेरै सोच्ने गर्छु?
कहीँ कतै हराए नि हुन्थ्यो
कहीँ कतै बिलाए हुन्थ्यो
कहीँ कतै हराए नि हुन्थ्यो
कहीँ कतै बिलाए हुन्थ्यो
तर केही छैन अन्धकार पछि
एउटा मीठो बिहानी आउने रैछ
बन्द कोठामा आफूसँगै
लडेरै उठ्नुपर्ने नै रैछ